नेपाल फाइनान्सलाई ७०५ हकप्रद सेयर निष्काशन गर्न बोर्डले दियो अनुमति

नेपाल फाइनान्सलाई ७०५ हकप्रद सेयर निष्काशन गर्न बोर्डले दियो अनुमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
नेपाल फाइनान्स कम्पनीले हकप्रद सेयर निष्काशनको लागि धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

कम्पनीले चुक्ता पूँजीको ७० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न बोर्डमा निवेदन दिएको थियो । बोर्डले मंगलबार कम्पनीलाई १०ः७ अनुपातमा हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको हो ।

बोर्डको अनुमतिसँगै कम्पनीले प्रति कित्ता सय रुपैयाँका दरले ३४ करोड ५४ लाख ४७ हजार ४२८ रुपैयाँको ३४ लाख ५४ हजार ४७४.२७५० कित्ता हकप्रद सेयर निष्कासन गर्न बाटो खुलेको छ । यसको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।