सेञ्चुरी बैंकद्वारा निःशुल्क दन्त शिविर कार्यक्रम सम्पन्न

सेञ्चुरी बैंकद्वारा निःशुल्क दन्त शिविर कार्यक्रम सम्पन्न


बैंकिङ्ग समाचार, काठमाडौं ।
सेञ्चुरी कमर्सियल बैंक लिमिटेड पेप्सीकोला शाखाले २०७८ चैत्र ७ गते एकदिने निःशुल्क दन्त शिविर कार्यक्रम सम्पन्न गरेको छ । सो शिविरमा १०८ जना स्थानीय बासिन्दाहरुले सेवा प्राप्त गर्नु भएको छ । उक्त कार्यक्रममा समाज डेण्टल हस्पिटल पेप्सीकोलाको प्राविधिक सहयोग रहेको थियो । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिग सेवा प्रदान गर्दै आएको सेञ्चुरी कमर्सियल बैंकले आफ्ना १२९ शाखा १० एक्सटेन्सन काउन्टर, २६ शाखारहित बैंकिङ्ग र ११३ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

अन्य जानकारीका लागि बैंकको वेबसाइट www.centurybank.com.np/ तथा बैंकका शाखा कार्यालयहरुमा सम्पर्क राख्न अनुरोध गरिन्छ ।