दाहोरो अंकले बढ्यो सेयर बजार, इमर्जीङ नेपालका लगानीकर्ताले सर्वाधिक कमाए

दाहोरो अंकले बढ्यो सेयर बजार, इमर्जीङ नेपालका लगानीकर्ताले सर्वाधिक कमाए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
कारोबार हुने हप्ताको तेस्रो दिन आज (मंगलबार) पनि सेयर बजारमा दाहोरो अंकले बढेको छ । अघिल्लो दिन १७.९९ अंकले बढेको बजार आज पनि बढेको हो । बजार बढ्दा आज इमर्जीङ नेपालका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन् । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक १२.५४ अंकले बढेर २६४७.२० विन्दुमा पुगेको छ । नेप्से ०.४८ प्रतिशतले बढेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि २.०६ अंकले बढेर ४९८.३६ विन्दुमा पुगेको छ  ।

कूल २३५ वटा कम्पनीको ५३ लाख २९ हजार ९ सय ९३ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ५१ करोड ८८ लाख ९४ हजार १ सय ७८ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज व्यापार समूहको सेयर घटेको छ भने बाकी १२ ओटा उपसमूहको सेयर बढेको छ । आज पनि सबैभन्दा धेरै विकास बैंक समूह बढेको छ । अघिल्लो दिन पनि विकास बैंक समूह नै सबैभन्दा धेरै बढेको थियो । 

मंगलबार प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेड प्रोमोटर सेयरको सर्वाधिक कारोबार भएको छ । आज प्रोमोटर सेयरकको १५ करोड ३३ लाख ४० हजार  रूपैयाँको कारोबार भएको हो । 

आज पनि इमर्जीङ नेपाल लिमिटेडको सेयरमूल्यमा सर्वाधिक बढेको छ ।  आज कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर ६ सय २८ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको छ । 

यस दिन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड प्रोमोटर सेयरको मूल्य सर्वाधिक घटेको छ । आज प्रोमोटर सेयरको मूल्य ६.६६ प्रतिशतले घटेर ४   सय ३९ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।