ग्रीन भेन्चर्सको ३१ करोडको आईपीओ भोलिदेखि बिक्री खुल्दै, शुक्रबारसम्म भर्न सकिने

ग्रीन भेन्चर्सको ३१ करोडको आईपीओ भोलिदेखि बिक्री खुल्दै, शुक्रबारसम्म भर्न सकिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

ग्रीन भेन्चर्स लिमिटेडले चैत ८ गते मंगलबारदेखि सर्वसाधारणमा ३१ करोड २५ लाख रुपैयाँ बराबरको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) निष्कासन हुँदैछ ।

कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका ३१ लाख २५ हजार कित्ता साधारण सेयर बिक्री गर्न लागेको हो । कुल निष्काशित सेयरमध्ये ९३ हजार ७५० कित्ता सेयर कर्मचारीका लागि तथा १ लाख ५६ हजार २५० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिउको छ । बाँकी २८ लाख ७५ हजार कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था रहेको छ । आईपीओमा मेरो सेयरको एप तथा वेबसाइट तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ ।

कम्पनीको आईपीओ चैत ११ गते बन्द हुनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
आईपीओ निष्कासनका लागि कम्पनीले गराएको रेटिङमा रेटिङ्ग एजेन्सी केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी आईएस रेटिङ’ प्रदान गरेको छ ।

कम्पनीले यसअघि नै रामेछाप र ओखलढुंगाका स्थानीयबासीका लागि यसअघि नै ३१ लख २५ हजार कित्ता सेयर बिक्री गरिसकेको छ ।