कारोबारको पहिलो दिन १४.६७ अंकले घट्यो नेप्से, २ खर्ब २७ करोडको कारोबार

कारोबारको पहिलो दिन १४.६७ अंकले घट्यो नेप्से, २ खर्ब २७ करोडको कारोबार


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको पहिलो दिन आज आइतबार दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से १४.६७ अंकले घटेर २ हजार ६ सय १६ दशमलब ५८ विन्दुमा रोकिएको हो । त्यस्तै, आज २ अर्ब २७ करोड ४६ लाख बराबरको कारोबार भएको छ । 

आज कारोबार भएका ४६ वटा कम्पनीका लागानीकर्ताहरुले कमाएका छन् भने १४१ कम्पनीका लगानीकर्ताहरुले भने गुमाएका छन् । यसमध्ये आज दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको । सकारात्मक सर्किट लागेका कम्पनीमा राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र इमर्जिङ नेपाल लिमिटेड रहेका छन् । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य आज १० प्रतिशतले बढेर प्रतिकित्ता ६२५.९० रुपैयाँ पुगेको छ भने इमर्जिङ नेपालको शेयरमूल्य आज ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ५१९.८० रुपैयाँ पुगेको छ ।     

त्यस्तै, मैलुङ खोला जलविद्युत कम्पनी, शिवश्री हाइड्रोपावर, प्रभु लाइफ, एभरेष्ट इन्स्योरेन्स र बिशाल बजार कम्पनीको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यि कम्पनीको शेयरमूल्य आज ३ प्रतिशत भन्दा बढीले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीकोे भएको छ । यस कम्पनीको आज १६ करोड २९ लाख भन्दा बढीको कारोबार भएको छ ।