एनआईबीएल एस क्यापिटलको लगानीकर्ता सचेतना कार्यक्रम पोखरामा संम्पन्न

एनआईबीएल एस क्यापिटलको लगानीकर्ता सचेतना कार्यक्रम पोखरामा संम्पन्न


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल इन्भेष्टमेन्ट बैंकको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेडको आयोजनामा पोखरामा अन्तरक्रिया तथा लगानीकर्ता सचेतनामुलक कार्यक्रम सञ्चालन भएको छ ।

कार्यक्रममा एनआईबीएल एस क्यापिटलका नायब महाप्रबन्धक सचिन्द्र ढुंगाना तथा कम्पनीका अन्य पदाधिकारीले स्थानीय लगानीकर्ताको विभिन्न जिज्ञासा सम्बोधन गर्नुका साथै समस्त धितोपत्र बजारको विभिन्न आयामका बारेमा समेत छलफल गरे ।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि पनि प्रदेश स्तरमा सुदूरपश्चिम प्रदेशको धनगढीमा, मधेश प्रदेशको महोत्तरीमा र लुम्बिनी प्रदेशको नेपालगञ्जमा पनि अन्तरक्रिया तथा लगानीकर्ता सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको कम्पनीले जनाएको छ ।

कार्यक्रममा लगानीकर्ताको उत्साहजनक सहभागिता हुनुका साथै विभिन्न सल्लाह सुझावसमेत ग्रहण गरिएको र आगामी दिनमा अन्य प्रदेशमा पनि यस्तै कार्यक्रम सञ्चालन गरिने समेत क्यापिटलले जनाएको छ ।