नियम विपरित काम गर्ने १४ बीमा कम्पनीलाई बीमा समितिद्धारा कारबाही

नियम विपरित काम गर्ने १४ बीमा कम्पनीलाई बीमा समितिद्धारा कारबाही


बैंकिङ्ग समाचार, काठमाडौं ।
बीमा समितिले चालु आर्थिक वर्षमा नियम विपरित काम गर्ने १४ वटा कम्पनीलाई कारबाही गरेको छ । समितिले अर्धवार्षिक समिक्षाका क्रममा बीमा ऐन तथा बीमा नियमावली विपरित काम गर्ने १२ बीमा कम्पनीलाई १० हजार रुपैयाँका दरले जरिवाना तिराएको छ ।

बीमा ऐन तथा बीमा नियमावली विपरित कार्य गर्ने बीमा कम्पनी दि ओरियन्टल इन्स्योरेन्स, नेशनल इन्स्योरेन्स कम्पनी, राष्ट्रिय बीमा कम्पनी, राष्ट्रिय बीमा संस्थान, नेशनल लाईफ इन्स्योरेन्स, नेपाल लाईफ इन्स्योरेन्स, गुराँस लाईफ इन्स्योरेन्स, आईएमई लाईफ इन्स्योरेन्स, युनियन लाईफ इन्स्योरेन्स, सन् नेपाल लाईफ इन्स्योरेन्स, रिलायबल नेपाल लाईफ इन्स्योरेन्स, र सानिमा लाईफ इन्स्योरेन्स लि. लाई रु.१० हजारका दरले जरिवाना गरिएको हो ।

त्यस्तै परिपालन उल्लघंन गर्ने नेपाल लाइफ, प्राइम लाइफ र जनरल इन्स्योरेन्स कम्पनीलाई कारबाही गरेको छ । परिपालन उल्लघंन गर्ने बीमा कम्पनी नेपाल लाइफलाई २० हजार रुपैयाँ, प्राइम लाइफलाई १० हजार रुपैयाँ जरिवाना गरेको छ भने जनरल इन्स्योरेन्सको सञ्चालक समितिलाई कारबाही गरेको छ ।

यस वर्ष बीमा समितिले बीमा कम्पनीहरुलाई संस्थागत सुशासन अटेर गर्ने, समयमा साधारणसभा सम्पन्न नगर्ने बीमा कम्पनीहरुलाई कारबाही गरेको छ ।