सिटिजन्स बैंकद्वारा ई-केवाईसी सेवा सुरु

सिटिजन्स बैंकद्वारा ई-केवाईसी सेवा सुरु


बैंकिङ्ग समाचार, काठमाडौं । 
सिटिजन्स बैंकले आफ्नो १५ औं वार्षिकोत्सवको उपलक्ष्यमा तथा डिजिटल बैंकिङ्ग सेवालाई विस्तार गर्ने क्रममा भौतिक रुपमा बैंकमा उपस्थित भई के.वाई.सी. अध्यावद्यिक गर्ने बाध्यतालाई अन्त्य गर्दै ई-के.वाई.सी. सेवा संचालनमा ल्याएको छ ।

यो सेवा उपयोग गर्न, बैंकको वेवसाइट र मोबाइल बैंकिङ्ग एपमा उपलब्ध गराईएको लिङ्कमा गएर ग्राहकहरुले आफ्नो खाताको के.वाई.सी. विवरणहरु बिना झन्झट अपडेट गर्न सक्ने छन् । आफ्नो के.वाई.सी. फर्म अपडेट गर्नु अघि ग्राहकहरुले निश्चित भ्यालिडेसन प्रकृया पूरा गर्नु पर्ने हुन्छ ।

यो अनलाइन सेवाको प्रयोग गरि ग्राहकहरुले बैंकको शाखा जानु पर्ने झन्झटबाट मुक्त भई जुनसुकै ठाउँबाट मोवाईल वा कम्प्युटरको माध्यमबाट कुनै पनि समय केवाईसी अध्यावद्यिकको निवेदन दिन सक्नेछन् । 

बैंकले हाल १७४ शाखा, १२३ ए.टि.एम र ९० वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट सेवा प्रदान गर्दै आएको छ ।