बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आइतवारसम्म रहेको छ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि चैत ७ गते एक दिन बुक क्लोज गर्ने भएकाले चैत ६ गते आइतवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउने जानकारी गराएको हो ।
कम्पनीले आव २०७७/७८ को नाफाबाट शेयरधनीलाई १४ प्रतिशत बोनस शेयर र शून्य दशलमव ७४ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव पारितका लागि कम्पनीले चैत २१ गते साधारण सभा बोलाएको हो । कम्पनीका अनुसार होटल भिष्वा बीरगंज पर्सामा बिहान ९ बजे साधारण सभा हुनेछ । सभाले हाल कायम पूँजी संरचनामा संस्थापन र सर्वसधारण शेयरको ६०ः४० अनुपातलाई परिवर्तन गरि ५१ः४९ प्रतिशत कायम गर्न संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा परिणत गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
प्रतिक्रिया