फागुन महिनामा वाणिज्य बैंकहरुको निक्षेप २२ अर्ब बढ्यो, १७ अर्ब कर्जा प्रवाह

फागुन महिनामा वाणिज्य बैंकहरुको निक्षेप २२ अर्ब बढ्यो, १७ अर्ब कर्जा प्रवाह


बैंकिङ्ग समाचार, काठमाडौं ।
फागुन महिनामा वाणिज्य बैंकहरुको निक्षेप २२ अर्बले बढेको छ । माघ मसान्तसम्म अर्थात् माघ २९ गतेसम्म बैंकहरुको निक्षेप ४३ खर्ब ११ अर्ब रहेकोमा फागुन मसान्त अर्थात् फागुन ३० गतेसम्म बैंकहरुको निक्षेप बढेर ४३ खर्ब ३३ अर्ब पुगेको छ । 

त्यस्तै फागुन महिना भर वाणिज्य बैंकहरुले १७ अर्ब कर्जा प्रवाह गरेका छन् । माघ मसान्तसम्म अर्थात् माघ २९ गतेसम्म बैंकहरुको कर्जा ४१ खर्ब ५५ अर्ब रहेकोमा फागुन मसान्त अर्थात् फागुन ३० गतेसम्म बैंकहरुको कर्जा बढेर ४१ खर्ब ७२ अर्ब पुगेको छ ।  

फागुन महिनामा बैंकहरुको सिडी रेसियो ९०.९९ प्रतिशत रहेको छ । फागुन महिनाको लागि ब्याज बढाएका बैंकहरुले चैत्र महिनाको लागि ब्याजदर स्थिर राखेका छन् ।