सिटिजन्स बैंकको १५ औं वार्षिकोत्सवमा छुटै छुटको बहार

सिटिजन्स बैंकको १५ औं वार्षिकोत्सवमा छुटै छुटको बहार


बैंकिङ्ग समाचार, काठमाडौं । 
सिटिजन्स बैंकले आफ्नो १५ औं वार्षिकोत्सवको उपलक्ष्यमा आकर्षक योजनाहरु सार्वजनिक गरेको छ । 

वैशाख ७ गतेको १५औ वार्षिकोत्सवलाई ध्यानमा राखेर बैंकले चैत्र ७ गतेदेखि वैशाख ७ गतेसम्म १ महिनाको लागि लागू हुनेगरि विभिन्न सेवा सुविधामा भारी छुट र क्यासब्यक, लगायतका योजनाहरु सार्बजनिक गरेको हो । 

सो योजना अन्तर्गत डेविट/क्रेडिट कार्ड प्रयोगकर्ताहरुले पोस मेसिन र अनलाईन मार्फत रु १००० वा बढीको कारोबार गर्दा एक मुष्ठ रु २०० क्यासब्याक दिइने छ । 

यसैगरी पहिलो पटक क्यु आर कोडमार्फत भुक्तानी गर्ने ग्राहकहरुको लागि रु १०० को क्यासब्याक प्रदान गरिने व्यवस्था गरिएको छ । 

डिजिटल भुक्तानीको अर्को माध्ययम इ-कम कार्डको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले योजना अवधी भरमा इ-कम कार्ड लिन चाहानुहुने ग्राहकलाई सो कार्ड निःशुल्क रुपमा उपलब्ध गराउने छ । 

त्यस्तै, रु ५,००,००० सम्मको दुर्घटना मृत्यु बीमा तथा रु ५०,००० (अक्षररुपी पचास हजार रुपयाँ) सम्मको स्वास्थ्य बीमा सुविधा सहितको सिटिजन्स संरक्षित बचत खाता खोल्दा बचतकर्ताहरुको लागि निःशुल्क डेविट कार्ड, मोबाइल/इन्टरनेट बैंकिङ्ग, डिम्याट खाता प्रदान गर्नुका साथै देशभरका कुनै  पनि बैकको ए.टि.एम बाट निः शुल्क रकम निकाल्न सकिने व्यवस्था समेत गरेको छ । 

बैंकले हाल १७४ शाखा, १२३ वटा ए.टि.एम. र ९० वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट सेवा प्रदान गर्दै आएको छ ।