राष्ट्र बैंक भनेको के–हो ? यसका कार्यहरु के–के हुन् ?

राष्ट्र बैंक भनेको के–हो ? यसका कार्यहरु के–के हुन् ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
मुलकका बैंक तथा वित्तिय संस्थाहरुको नियन्त्रण तथा नियमनका लागि हरेक मुलुकमा एउटा केन्द्रिय स्तरको बैंक रहेको हुन्छ ।

नेपालमा पनि त्यस्तो बैंक छ नेपाल राष्ट्र बैंक, मुलुकका सबैं बैंक तथा वित्तिय संस्थाहरु राष्ट्र बैंकको निर्देशनमा सञ्चालन भएको हुन्छ । साथै, सरकारको आर्थिक गतिविधी हेर्ने काम पनि राष्ट्र बैंकले नै गर्ने गरेको छ भने मुद्रा व्यवस्थापन लगायत कार्य पनि राष्ट्र बैंककै क्षेत्राधिकार भित्र पर्दछ । साथै, अन्य वाणिज्य बैंकहरुको कार्यलाई पनि नजिक बाट निर्याल्ने कार्य तथा गलत गरिएको ठाउँमा निर्देशनको साथै कारबाही गर्ने अधिकार राष्ट्र बैंकलाई हुन्छ ।

कुनै पनि देशको राष्ट्र बैंक त्यस देशको सरकारी बैंक हो । विदेशी विनिमयको व्यवस्थापन गर्ने, खरिद गर्ने लगायत कार्यहरु राष्ट्र बैंकको हो । 

नेपाल राष्ट्र बैंकका कार्यहरुः
१. विदेशी विनिमय संञ्चितिको व्यवस्थापन र संञ्चालत गर्ने ।  
२.नेपाल सरकारको बैंकर, सल्लाहकार तथा वित्तिय एजेन्टको रुपमा कार्य गर्ने ।
३. भुक्तानी, फच्र्याेट(क्लियरिङ) तथा हिसाब मिलान पद्धतिको स्थापना तथा प्रवद्धन गरि सो कार्यलाई नियमित गर्ने ।
४. बैंकका निर्धारित उदेश्य हासिल गर्नको निमित्त बैंकले गनुपर्ने अन्य आवश्यक कार्यहरु कार्यान्वयन गर्ने गराउने ।
५. बैंक नोट तथा सिक्काको निष्काशन र व्यवस्थापन गर्ने ।
६. विनिमय पद्धति निर्धारण गर्ने । 
७. मौद्रिक नीति तर्जुमा गर्ने र सो नीति कार्यान्वयन गर्ने गराउने ।
८. बैैक तथा वित्तिय संस्थालाई कारोबार गर्न अनुमति दिने ।
९. कारोबार कानुन बमोजिम भएको नभएको सम्बन्धमा नियमन, निरिक्षण, सुपरिवेक्षण तथा अध्ययन–अनुगमन गर्ने ।
१०. वाणिज्य बैंक तथा वित्तिय संस्थाहरुको अन्तिम ऋणदाताको रुपमा रहने आदी ।
११. बैंकका निर्धारित उदेश्य हासिल गर्नको निमित्त बैंकले गर्नुपर्ने अन्य आवश्यक कार्यहरु कार्यान्वयन गर्ने गराउने ।