नबिल बैंक र नेपाल मोबाइल वितरक संघबीच सम्झौता

नबिल बैंक र नेपाल मोबाइल वितरक संघबीच सम्झौता


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपालको अग्रणी वाणिज्य बैंक, नबिल बैंकले साना तथा मझौला स्तरका मोबाइल विक्रि वितरण गर्ने व्यवसायीहरुको वित्तीय आवश्यकता समाधान गर्ने उद्देश्यले नेपाल मोबाइल वितरक संघसँग सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत मोबाइल वितरकको संजालमा रहेका खुद्रा विक्रेताहरुलाई लक्षित गरी बैंकले आकर्षक ब्याजदर र धितो अनुपातमा चालु पुँजीमा लगानी गर्ने उद्देश्यका साथ च्यानल फाइनान्सीङ कर्जा सुविधा उपलब्ध गराउने बैंकले जनाएको छ ।

साथै, आफनो व्यवसायको आवश्कता बमोजिम मोबाइल वितरकले बैंकको कर्जा नीतिको अधिनमा रहेर विभिन्न बैंकिङ्घ सेवा सुविधाहरु प्राप्त हुने सम्झौतामा उल्लेख गरिएको छ । उक्त सम्झौतामा नबिल बैंकका तर्फबाट साना, मझौला तथा लघुवित्त कर्जा प्रमुख निरजकुमार बस्नेत (डनिल) र नेपाल मोबाइल वितरक संघका अध्यक्ष दिनेश चुल्याड्योले हस्ताक्षर गरेका छन् । 

साझेदारीको बारेमा बोल्दै, बस्नेतले नबिल बैक सदैब साना तथा मझौला स्तरका व्यवसायीहरुको दिगो विकासको लागी समय–सान्दर्भिक कर्जा तथा सुविधाहरु सरल र सहज किसिमले बढीभन्दा बढी व्यवसायीहरुको पहुँचमा पु¥याउन निरन्तर लागी परिरहेको जानकारी गराए । यस साझेदारी अन्तर्गत संघ संग आबद्ध भएका नेपालभरी छरिएर रहेका मोबाइल वितरक व्यवसायीहरुको वित्तीय आवश्यकता सरल र सहज ढंगले समाधान गर्ने लक्ष्य रहेको छ ।