‘बि.ओ.के डिबेन्चर २०८६ (क)’ को बिक्रि प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड नियुक्त

‘बि.ओ.के डिबेन्चर २०८६ (क)’ को बिक्रि प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड नियुक्त


बैंकिङ्ग समाचार, काठमाडौं ।
बैंक अफ काठमाण्डू लिमिटेडले रु. १,००० अंकित दरको ११,००,००० कित्ताले हुन आउने रु. १,१०,००,००,००० (अक्षरुपी १ अर्ब १० करोड) रकम बराबरको  बि.ओ.के डिबेन्चर २०८६ (क), ऋणपत्र जारी गर्न एनआईबिएल एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ । उक्त ऋणपत्रको अवधि ७ वर्ष रहेको र ब्याजदर १०.५० प्रतिशत रहेको छ । 

काठमाण्डौें, कमलपोखरी स्थित मुख्य कार्यालय रहेको बैंक अफ काठमाण्डू लिमिटेड कम्पनी ऐन बमोजिम नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भएको हो । यस बैंक तत्कालिन बैंक अफ काठमाण्डू लिमिटेड तथा लुम्बिनी बैंक लिमिटेड एक आपसमा गाभिई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अनुसार २०७३/०३/२४ गते नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोवार गर्न स्वीकृति प्राप्त गरी “क” वर्गको वित्तीय संस्थाको हैसियतले बैंकिङ्ग कारोवार सञ्चालन गर्दै आएको छ ।

उक्त सम्झौतामा बैंक अफ काठमाण्डू लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रवण लाल मास्के र एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट नायब महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले मिति २०७८ चैत २ गते हस्ताक्षर गरेका  छन् ।