आज पनि दोहोरो अंकले घट्यो नेप्से, १९.६५ अंकको गिरावट

आज पनि दोहोरो अंकले घट्यो नेप्से, १९.६५ अंकको गिरावट


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारका चौथो दिन आज बुधवार दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से १९.६५ अंकले घटेर २ हजार ६ सय ३१ दशमलब ३२ विन्दुमा रोकिएको हो । मंगलबार नेप्से नेप्से १७.१५ अंकले घटेर २ हजार ६ सय ५० दशमलब ९७ विन्दुमा पुगेर कारबार बन्द भएको थियो ।      

त्यस्तै, आज कारोबार रकममा पनि गिरावट आएको छ । आज २ अर्ब ५७ करोड ४ लाख बराबरको कारोबार भएको छ । मंगलबार ३ अर्ब ३६ करोड ४२ लाख बराबरको कारोबार भएको थियो ।  

आज कारोबार भएका ४९ वटा कम्पनीका लागानीकर्ताहरुले कमाएका छन् भने १३५ कम्पनीका लगानीकर्ताहरुले भने गुमाएका छन् । यसमध्ये आज इमजिङ नेपाल लिमिटेडको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । यस कम्पनीको शेयरमूल्य आज ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ४७२.६० रुपैयाँ पुगेको छ ।  

त्यस्तै, आज युनाइटेड इदी मर्दी आरबी हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज ४.९२ प्रतिशतले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल दुरसञ्चार कम्पनीकोे भएको छ । यस कम्पनीको आज १६ करोड ३६ लाख भन्दा बढीको कारोबार भएको छ ।