सिटिजन्स बैंकको ७ हजार बढी कित्ता संस्थापक शेयर विक्रीमा

सिटिजन्स बैंकको ७ हजार बढी कित्ता संस्थापक शेयर विक्रीमा


बैंकिङ्ग समाचार, काठमाडौं ।
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ७ हजार ७९ दशमलव २८ कित्ता संस्थापक शेयर फागुन २ गतेदेखि विक्रीमा ल्याएको छ । बैंकले शेयरधनी शारदा देवी प्रधानको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरिद गर्न सक्ने गरी लिलामीमा ल्याएको हो ।

यो शेयरको न्यूनतम मूल्य रू. १४३ तोकिएको छ । तोकिएको मूल्यको अधिनमा रही आगामी ३५ दिनभित्र इच्छुक संस्थापक शेयरधनीहरुले आवेदन दिन सक्ने जानकारी बैंकले दिएको छ । निवेदन भने बैंकको केन्द्रिय कार्यालय नारायणहिटी पथमा पेश गर्नुपर्नेछ ।

पहिलो चरणमा संस्थापक शेयरधनीहरुबाट खरिद माग नभएमा अन्य व्यक्ति तथा संस्थाहरुमा यो शेयर विक्री गरिने जानकारी बैंकले दिएको छ ।