गरिमा विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

गरिमा विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


बैंकिङ्ग समाचार, काठमाडौं ।
२ कम्पनीको लाभांश सुरक्षित गर्ने आज चैत्र २ गते अन्तिम दिन रहेको छ । साधारणसभा प्रयोजनको लागि चैत्र ४ गते बुक क्लोज गर्ने निर्णय गरेको गरिमा विकास बैंकको लाभांश सुरक्षित गर्ने आज चैत्र २ गते अन्तिम दिन हो ।

आज चैत्र २ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

गरिमा विकास बैंकले चैत्र १८ गते शुक्रबार पोखराको बिरौटा स्थित होटेल ग्राण्ड पोखरामा सभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । बैंकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट १६ प्रतिशतले हुन आउने ६३ करोड १७ लाख ९ हजार रुपैयाँ बोनश शेयर बितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश साधारणसभामा बितरण हुने छ ।

गरिमा विकास बैंक लिमिटेडमा सहारा विकास बैंक लिमिटेड प्राप्ति भई एकिकृत कारोवार सम्पन्न गर्दाको दिन भन्दा पछाडि शेयर किन्नेले भने बोनसमा लाग्ने कर आफैले तिर्नु पर्ने छ ।

त्यस्तै बैंकले सहारालाई गाभेपछि संस्थापक शेयरधनीको स्वामित्व ५१ प्रतिशत कायम राख्नको लागि १ लाख ९ हजार ८ सय ११ कित्ता थप संस्थापक शेयर निष्काशन गर्ने प्रस्ताव सभामा लैजाने छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र ४ गतेदेखि चैत्र १८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । चैत्र २ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन्  ।