एनएलजी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

एनएलजी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


बैंकिङ्ग समाचार, काठमाडौं ।
एनएलजी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज चैत्र २ गते अन्तिम दिन रहेको छ । साधारण सभा प्रयोजनको लागि चैत्र ६ गते बुक क्लोज गर्ने निर्णय गरेको एनएलजी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज चैत्र २ गते अन्तिम दिन हो ।

आज चैत्र २ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको साधारण सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

एनएलजी इन्स्योरेन्सले चैत्र १७ गते बिहिबार काठमाडौँको आम्रपाली ब्यान्क्वेटमा आर्थिक वर्ष ७७/७८ साधारणसभा गर्न लागेको हो । सभामा लाभांशसहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६३  प्रतिशत नगद लाभांश गरी कुल १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब २० करोड ६० लाख १३ हजार ५० रुपैयाँ रहेको छ ।