नेप्सेमा आज दोहोरो अंकको गिरावट, ३ अर्ब माथिको कारोबार

नेप्सेमा आज दोहोरो अंकको गिरावट, ३ अर्ब माथिको कारोबार


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको तेस्रो दिन आज मंगलबार दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से १७.१५ अंकले घटेर दुई हजार ६ सय ५० दशमलब ९७ विन्दुमा रोकिएको हो ।   

त्यस्तै, आज कारोबार रकममा पनि गिरावट आएको छ । आज ३ अर्ब ३६ करोड ४२ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका ५२ वटा कम्पनीका लागानीकर्ताहरुले कमाएका छन् भने १३० कम्पनीका लगानीकर्ताहरुले भने गुमाएका छन् ।         

आज इमर्जिङ नेपाल लिमिटेडको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । यस कम्पनीको शेयरमूल्य आज ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ४२९.७० रुपैयाँ पुगेको छ । 

त्यस्तै, आज नेपाल दुरसञ्चार कम्पनीको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज ५.१३ प्रतिशतले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल दुरसञ्चार कम्पनीकोे भएको छ । यस कम्पनीको आज ३४ करोड २३ लाख भन्दा बढीको कारोबार भएको छ ।