प्राइम कमर्शियल बैंकले पायो २५ लाख कित्ता ऋणपत्र निष्काशनको अनुमति

प्राइम कमर्शियल बैंकले पायो २५ लाख कित्ता ऋणपत्र निष्काशनको अनुमति


बैंकिङ्ग समाचार, काठमाडौं ।
प्राइम कमर्शियल बैंकले ऋणपत्र निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले बैंकलाई फागुन २३ गते ऋणपत्र निष्काशनको लागि अनुमति दिएको हो । बैंकले पुस २१ गते बोर्डमा आवेदन दिएको थियो ।

बोर्डबाट अनुमति पाएसंगै अब बैंकले रु. १,००० अंकित दरको २५ लाख कित्ताले हुन आउने २ अर्ब ५० करोड रुपैँया बराबरको ऋणपत्र निष्काशन गर्ने छ । जस मध्ये १५ लाख कित्ता निजि तबरले बिक्रि गरिने र १० लाख कित्ता सर्बसाधारणलाई बिक्रि गरिने बैंकले जानाएको छ । ऋणपत्र निष्काशनको लागि आरबिबि मर्चेन्ट बैंकिंग बिक्रि प्रबन्धक रहेको छ । 

 १० वर्षे अवधिको यस ऋणपत्रमा बैंकले १० प्रतिशत ब्याज प्रदान गर्ने छ ।