एकसातामा वाणिज्य बैंकहरुको निक्षेप २ अर्बले बढ्यो

एकसातामा वाणिज्य बैंकहरुको निक्षेप २ अर्बले बढ्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।
गत साता वाणिज्य बैंकहरुको निक्षेप २ अर्बले बढेको छ । नेपाल बैंकर्स एसोसिएसनका अनुसार फागुन २० गते वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब २४ अर्ब रहेकोमा फागुन २७ गतेसम्म आईपुग्दा पनि बैंकहरुको निक्षेप २ अर्बले बढेर ४३ खर्ब २६ अर्ब कायम भएको छ ।  

त्यस्तै यस अवधिमा कर्जा प्रवाह १ अर्बले घटेको छ । फागुन २० गते वाणिज्य बैंकहरुको कुल कर्जा प्रवाह ४१ खर्ब ७० अर्ब रहेकोमा फागुन २७ गतेसम्म आईपुग्दा  बैंकहरुको कर्जा प्रवाह घटेर ४१ खर्ब ६९ अर्ब कायम भएको छ ।