नेपाल टेलिकमको साधारणसभा चैत २४ गते, पहिलो पटक बोनस वितरण गर्ने

नेपाल टेलिकमको साधारणसभा चैत २४ गते, पहिलो पटक बोनस वितरण गर्ने


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड(नेपाल टेलिकम)ले चैत २४ गते बिहीबार १४औं साधारणसभा गर्ने भएको छ । कम्पनीको फागुन ३० गते सोमबार बजेको सञ्चालक समितिको बैंठकले त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेल, काठमाडौंमा दिनको ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । 

उक्त सभाले प्रस्तावित २० प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित प्रतिकित्ता २० रुपैयाँ नगद लाभांश पारित गर्ने छ । कम्पनीले पहिलो पटक बोनस शेयर वितरण गर्ने भएको हो । उक्त बोनस शेयर वितरणपछि कम्पनीको चुक्त पूँजी १८ अर्ब रुपैयाँ पुग्ने छ । 

कम्पनीको १४औं साधारणसभा प्रयोजनका लागि चैत ११ गतेदेखि २३ गतेसम्म बुक क्लोज रहने छ । यस अनुसार चैत १० गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।