ब्रोकरको डाटा सेन्टरमा समस्या आउदा शेयर कारोबार रोकियो

ब्रोकरको डाटा सेन्टरमा समस्या आउदा शेयर कारोबार रोकियो


बैंकिङ्ग समाचार, काठमाडौं ।
ब्रोकरहरुको डाटा सेन्टरमा समस्या आएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा शेयर कारोबार प्रभावित भएको छ । समस्या देखिएपछि नेप्सेले शेयर कारोबार रोकेको छ । 

नेप्सेले सूचना जारी गर्दै ब्रोकरको डाटा सेन्टरमा प्राविधिक समस्या आएकोले सो समस्या समाधान नहुँदासम्म कारोबार केहि समय रोकिने जनाएको छ । यद्यपि कारोबार कति समयको लागि रोकिएको भन्ने प्रष्ट छैन । 

१२ बजेर ५३ मिनेटपछि आज शेयर कारोबार भएको छैन । कारोबार रोकिएको बेलासम्म नेप्से सूचक ०.१५ अंकले बढेर २६६८.११ को बिन्दुमा रहेको छ । यस समयसम्म २२० कम्पनीको २३ लाख ४९ हजार १० कित्ता शेयर खरीद बिक्रिबाट १ अर्ब ३४ करोड २२ लाख् ३२ हजार ८ सय ३९ रुपियाँको कारोबार भएको छ ।