नेशनल हाइड्रोपावरको साधारणसभा कोरम नपुग्दा स्थगित

नेशनल हाइड्रोपावरको साधारणसभा कोरम नपुग्दा स्थगित


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेशनल हाइड्रोपावर कम्पनीको साधारणसभामा कोरम नपुगे पछि स्थगित भएको छ । कम्पनीले आज आयोजना गरेको साधारणसभामा शेयरधनीहरुको बहुमत नपुगे पछि साधारणसभा हुन नसकेको हो । आज कोरम नपुगे पछि छिट्टै साधारणसभाका लागि अर्को मिति तय गरिने कम्पनीले जनाएको छ ।

कम्पनीले साधारणसभामा चुक्ता पूँजीको १९ दशमलव ५ प्रतिशत लाभांश पारितका लागि पेश गर्ने योजना थियो । कम्पनीले १८ दशमलव ५२५ प्रतिशत बोनश शेयर र बोनश शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.९७५ प्रतिशत नगद लाभांश सहित १९ दशमलव ५ प्रतिशत लाभांश घोषणा गरिसकेको छ । उक्त लाभांश पारितका लागि अर्को पुनः अर्को साधारणसभाको मिति तय गर्नु पर्ने भएको छ ।

प्रस्तावित लाभांश फागुन १२ गतेसम्म कायम शेयरधनीहरुले प्राप्त गर्ने छन् । साधारणसभा प्रयोजनका लागि फागुन १३ गते बुक क्लोज भइसकेको छ ।

कम्पनीले बोनश शेयर वितरण पछि कामय पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्काशन प्रस्ताव पनि सभामा पेश गर्दैछ । साभाले ७ जना सञ्चालकको निर्वाचन गर्ने कार्यतालिका थियो । आजको साधारणसभामा गणपुरक संख्या नपुग्नुको कारण सञ्चालकहरुको निर्वाचन पनि हो । कम्पनीले सुनकोशी हाइड्रोपावर कम्पनीलाई २५ प्रतिशतमा खरिद गर्ने विशेष प्रस्ताव पनि सभामा लैजाने योजना थियो ।