बैंकिङ्ग समाचार, काठमाडौं ।
नारायणी डेभलपमेण्ट बैंक लिमिटेडले विक्री गरेको शतप्रतिशत हकप्रद शेयर बाँडफाँट गरेको छ । कम्पनीले पुस ७ गतेदेखि माघ १२ गतेसम्म विक्री गरेको शतप्रतिशत हकप्रद शेयर फागुन २६ गते बाँडफाँट गरेको हो ।
कम्पनीले १ बराबर १ को अनुपातमा रू. १३ करोड १२ लाख ३३ हजार ८०० बराबरको १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद शेयर विक्री खुला गर्दा ११ लाख ६६ हजार ६८९ कित्ता हकप्रद शेयर मात्र बाँडफाँट भएको छ । यस आधारमा कम्पनीको १ लाख ४५ हजार ६४९ कित्ता अवितिरत हकप्रद शेयर लिलामीमा आउने भएको छ । कम्पनीले रितपूर्वक आवेदन दिने २ हजार ४३० जनामा हकप्रद शेयर बाँडफाँट गरिएको जानकारी दिएको हो । यो हकप्रद शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीले मंसिर २४ गते हकप्रद शेयर प्रयोजनका लागि बुक क्लोज गरेकाले मंसिर २३ गतेसम्म कायम शेयरधनीहरुले मात्र यो हकप्रद शेयरमा आवेदन दिन सक्ने व्यवस्था थियो । हाल रू. १३ करोड १२ लाख ३३ हजार ८०० चुक्तापूँजी रहेको बैंकको हकप्रद शेयर निष्कासन पश्चात यो पूँजी रू. २६ करोड २४ लाख ६७ हजार ६०० पुग्नेछ । यो पूँजी कायम हुन कम्पनीको अवितरित हकप्रद शेयर समेत पूर्ण रुपमा विक्री हुनुपर्नेछ ।
प्रतिक्रिया