ग्रीन भेन्चर्सको स्थानीयको लागि निष्काशित आईपीओ बाँडफाँट

ग्रीन भेन्चर्सको स्थानीयको लागि निष्काशित आईपीओ बाँडफाँट


बैंकिङ्ग समाचार, काठमाडौं ।
ग्रीन भेन्चर्स कम्पनीले आयोजना प्रभावित स्थानीयको लागि निष्कासन गरेको आईपीओ बाँडफाँट गरेको छ । 

कम्पनीले फागुन २ गतेदेखि २० गतेसम्म आयोजना प्रभावित स्थानीयको लागि निष्कासन गरेको शेयर आइतवार बाँडफाँट गरेको हो ।

कम्पनीले पहिलो चरणमा कम्पनीले प्रतिशेयर रू. १०० अंकित दरका ३१ लाख २५ हजार कित्ता आईपीओ विक्री खुला गरेको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात् ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका १, २ र ३, लिखु गाउँपालिका ९, रामेछापको लिखु तामाकोशी गाउँपालिका १ र २ र उमाकुण्ड गाउँपालिका ७ का बासिन्दाहरुका लागि उक्त कित्ता आईपीओ विक्री खुला गरेकोे हो ।

हाल कम्पनीको संस्थापकहरुबाट चुक्ता भएको पूँजी रू. २ अर्ब ५० करोड रहेको छ ।