नेको इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

नेको इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेको इन्सुरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज (सोमवार) अन्तिम दिन रहेको छ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि चैत १ गते मंगलवार बुक क्लोज गर्ने भएसँगै आज अर्थात् सोमवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउने छन् । 

कम्पनीले आव २०७७/७८ को मुनाफाबाट शेयरनधीलाई १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । 

उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले चैत ९ गते साधारण सभा बोलाएको छ । कम्पनीले सभा केन्द्रीय कार्यालय बीमा भवन ज्ञानेश्वर, काठमाडौंमा दिनको ११ बजे गर्ने जानकारी राएको हो ।