ग्रीन भेन्चर्सले चैत ८ गतेदेखि आईपीओ निष्काशन गर्ने

ग्रीन भेन्चर्सले चैत ८ गतेदेखि आईपीओ निष्काशन गर्ने


बैंकिङ्ग समाचार, काठमाडौं ।
ग्रीन भेन्चर्स लिमिटेडले चैत ८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ३१ लाख २५ हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । निष्काशन गरिने कुल शेयरमध्ये ३ प्रतिशत अर्थात ९३ हजार ७५० कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १ लाख ५६ हजार २५० कित्ता सामूहिक लगानी कोषहरुका लागि बाँडफाँट गरिनेछ । सर्वसाधारणले बाँकी २८ लाख ७५ हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।

निष्काशन बन्द छिटोमा चैत ११ गते हुनेछ भने ढिलोमा चैत २२ गते हुनेछ । आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले 'केयर एनपी डबल बी आईएस' रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।