काठमाडौँमा नबिल बैंकको ४ नयाँ शाखा उद्घाटन

काठमाडौँमा नबिल बैंकको ४ नयाँ शाखा उद्घाटन


बैंकिङ्ग समाचार, काठमाडौं ।
नबिल बैंकले आज (आइतवार) काठमाडौं उपत्यकाको जरंखु, शंखमुल, ठैब र गोंगबु जालपामा गरी ४ नयाँ शाखाको एकसाथ उद्घाटन गरेको छ ।

नबिल बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौडेल र तारर्केश्वर नगरपालिकाका मेयर रामेश्वर बोहराले संयुक्त रुपमा जरंखु शाखा, बैंक संचालक मलय मुखर्जी र काठमाडौं महानगरपालिका वडा नं. १० शंखमूलका कार्यवाहक वडा अध्यक्ष रोहिनी श्रेष्ठले संयुक्त रुपमा शंखमूल शाखा, बैंक संचालक आशा राणा अधिकारी र गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले संयुक्त रुपमा ठैब शाखा तथा बैंकका सञ्चालक उदयकृष्ण उपाध्याय र टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले संयुक्त रुपमा गोंगबु जालपा शाखाको उद्घान गरेका हुन्। 

आइतवार उद्घाटन भएका ४ नयाँ शाखासँगै नबिलको शाखा कार्यालय १४१ पुगेको छ । बैंकले १८७ एटीएम र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरूबाट देशभर सेवा प्रदान गर्दैै आईरहेको छ ।