नबिल बैंकद्वारा व्यवसायिक क्षमता अभिवृद्धि कार्यक्रम संचालन

नबिल बैंकद्वारा व्यवसायिक क्षमता अभिवृद्धि कार्यक्रम संचालन


बैंकिङ्ग समाचार, काठमाडौं । 
नबिल बैंकले साना तथा मझौला (एसएमई) ऋणीहरुलाई व्यवसायिक क्षमता अभिवृद्धि सम्बन्धि तालिमको आयोजना गरेको छ । बैंकले प्रदेश एक स्थित आफ्नो शाखा कार्यलय अन्तर्गतका साना तथा मझौला ऋणीको लागि कार्यक्रम आयोजना गरेको हो । 

आफ्ना साना तथा मझौला ऋणी ग्राहकलाई क्षमता अभिवृद्धि तथा उद्यमशीलता विकास गर्ने उदेश्यले उक्त तालिमको आयोजना गरेको बैंकले जनाएको छ । यस क्षेत्रमा दख्खल राख्ने व्यक्ति सुमन शाक्यलाई प्रशिक्षकको रुपमा आमन्त्रित गरि बैंकले उक्त तालिमको आयोजना गरेको हो । इटहरीमा आयोजना भएको उक्त कार्यक्रममा ४० साना तथा मझौला व्यवसायीको उपस्थिति रहेको थियो । 

तालिममा सहभागी साना तथा मझौला ब्यवसायीहरुले यस प्रकारको तालिमले व्यवसाय संचालन गर्नलाई थप मद्दत मिलेको प्रतिकृया दिएका छन् ।

नबिल बैंकले आफनो एसएमई ग्राहकवर्गहरुको व्यवसायको क्षमता अभिवृद्धि तथा उद्यमशीलता विकाश एवं बिस्तार सम्बन्धमा यस किसिमको तालिम आयोजना गर्दै आएको नबिल बैंकका साना तथा मझौला उद्यम तथा लघुवित्त विभागका प्रमूख निरज कूमार बस्नेतले बताए । 

यस्ता किसिमका ग्राहकमूखी कार्यक्रमहरु संचालन गरी बैंकले नाफारहित बैंकिङको अवधारणा अनूरुप आफ्नो दिगो बैंकिङको लक्ष्य प्राप्ती गर्ने उनले बताए ।