मिर्मिरे लघुवित्तले बुद्धज्योती लघुवित्तलाई प्राप्ती गर्ने

मिर्मिरे लघुवित्तले बुद्धज्योती लघुवित्तलाई प्राप्ती गर्ने


बैंकिङ्ग समाचार, काठमाडौं ।
मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले बुद्धज्योती लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ती गर्ने भएको छ । यी दुई कम्पनीविच शुक्रवार प्राप्ती सम्बन्धी प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता पत्रमा मिर्मिरे लघुवित्त वित्तीय संस्थाका तर्फबाट अध्यक्ष टेकबहादुर बोहरा र बुद्धज्योती लघुवित्त वित्तीय संस्थाका तर्फबाट अध्यक्ष गोविन्द पाण्डेले हस्ताक्षर गरेका छन् । यी दुई कम्पनी एक भई मिर्मिरे लघुवित्त वित्तीय संस्थाकै नामबाट एकिकृत कारोबार गर्ने प्रारम्भिक सहमति भएको हो ।

प्राप्ती प्रकृया पुरा गरेपश्चात संचालक समिति अध्यक्ष टेकबहादुर बोहरा एवं प्रमुख कार्यकारी अधिकृतमा पुष्करराज जोशी रहने समझदारी भएको समेत कम्पनीले जानकारी दिएको छ । आगामी जेठ मसान्त सम्ममा एकिकृत कारोवार सुरु गर्ने गरी प्राप्ती प्रकृया अघि बढाउँने जानकारी समेत दुबै कम्पनीले दिएका छन् ।

मिर्मिरे लघुवित्तले यस अघि पनि स्वेडा लघुवित्त र नागबेली लघुवित्त लाई प्राप्ती गरिसकेको छ । हाल मिर्मिरे लघुवित्तको चुक्तापूँजी रू. ४३ करोड ५० लाख रहेको छ भने बुद्धज्योति लघुवित्तको रू. १ करोड २० लाख रहेको छ ।