शेयर अर्डर म्याच नहुँदा जाल्पा लघुवित्तको शेयर आइतबार कारोबार नहुने

शेयर अर्डर म्याच नहुँदा जाल्पा लघुवित्तको शेयर आइतबार कारोबार नहुने


बैंकिङ्ग समाचार, काठमाडौं ।
जाल्पा लघुवित्त वित्तीय संस्थाको शेयर आइतबार कारोबार नहुने भएको छ । स्पेशल प्रि-ओपन सेसनमा कम्पनीको शेयर अर्डर म्याच नभएपछि रेगुरल सेसनमा पनि कारोबार नहुने भएको हो ।

त्यस अनुसार लघुवित्तको शेयर भोलि सोमबार स्पेशल प्रि-ओपन सेसनमा काराेबार भएमात्रै रेजुलर सेसनमा कारोबार हुनेछ ।

लघुवित्तले सर्वसधारणहरुलाई वितरण गरेको ५ लाख २२ हजार कित्ता र संस्थापकहरुले लगानी गरेको १० लाख ८७ हजार कित्ता गरी कुल १६ लाख कित्ता शेयर शुक्रबार नेप्सेमा सूचीकृत भएको थियो ।

लघुवित्तको शेयरलाई नेप्सेले प्रतिकित्ता न्युनतम १६४ रुपैयाँ ६० पैसा देखि ४९३ रुपैयाँ ८० पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । सोहि मूल्यको आधारमा पहिलो शेयर कारोबार खुल्नेछ ।

यस्तै नेप्सेले लघुवित्तको शेयरलाई जेएएलपीए (JALPA) कारोबार संकेत प्रदान गरेको छ ।