नेशनल माइक्रोफाइनान्सद्धारा नगद लाभांश वितरण

नेशनल माइक्रोफाइनान्सद्धारा नगद लाभांश वितरण


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्षको कर समेत ५ प्रतिशत नगद लाभांश वितरण गरेको छ । कम्पनीले माघ ६ गते सम्पन्न आठौं वार्षिक साधारण सभाबाट पारित गरेको उक्त नगद लाभांश पुस २६ गतेसम्म बैंक खाता अद्यावधिक गराएका लगानीकर्ताहरुको बैंक खातामा जम्मा गरिदिएको हो ।  

कम्पनीले नगद लाभांश बैंक खातामै जम्मा गर्ने भएकाले हालसम्म पनि बैंक खाता अद्यावधिक नगराएका शेयरधनीहरुलाई यथासिघ्र गराउँन समेत कम्पनीले आग्रह गरेको छ । कम्पनीको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 

यस वर्ष कम्पनीले कर समेत ५ प्रतिशत नगद लाभांशसँगै कुल ४५ प्रतिशत लाभांश वितरण गर्नेछ । कम्पनीले रू. ४१ करोड ९० लाख ५३ हजार चुक्तापूँजीको आधारमा ४० प्रतिशत बोनस शेयरसमेत वितरण गर्ने प्रस्ताव सोही सभाबाट पारित गरेको छ । बोनस शेयर भने धितोपत्र दोस्रो बजारमा सूचीकृत भएपश्चात वितरण गरिने जानकारी कम्पनीले दिएको छ ।