प्राइम कमर्सियल र राष्ट्रिय वाणिज्य बैंकद्धारा ऋणपत्रबापतको ब्याज भुक्तानी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
प्राइम कमर्सियल बैंक लिमिटेड र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले जारी गरेको ऋणपत्र वापतको अर्धवार्षिक ब्याज रकम भुक्तानी गरेका छन् । प्राइम बैंकले ८ दशमलव ७५ प्रतिशत प्राईम डिबेन्चर २०८५ वापतको र राष्ट्रिय वाणिज्य बैंकले ८ दशमलव ५ प्रतिशत आरबिबिएल डिबेन्चर २०८३ वापतको अर्धवार्षिक ब्याज भुक्तानी गरेका हुन् ।  

दुबै बैंकले पुस मसान्तसम्ममा कायम सम्पूर्ण ऋणपत्रधनीहरुको बैंक खातामै ब्याज वापतको रकम जम्मा गरिएको जानकारी दिएका छन् । यदि कोही ऋणपत्रधनीहरुले ब्याज वापतको रकम प्राप्त नगरेको भए दुबै बैंकको ऋणपत्र रजिष्ट्रार आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडमा सम्पर्क राख्न समेत बैंकहरुले आग्रह गरेको छन् । 

आफ्नो ऋणपत्र धितो राखेका ऋणपत्र धनीहरुको हकमा भने ब्याज वापतको रकम सम्बन्धीत बैंक तथा वित्तीय संस्थाकै नाममा रोक्का राखेकाले यदि फुकुवा भैसकेको भए फुकुवा पत्र अनिवार्य पेश गर्न समेत बैंकहरुले अनुरोध गरेको छ ।