नेपाल लाइफ इन्स्योरेन्सको साधारण सभा आह्वान, १४ प्रतिशत बोनस लाभांश प्रस्ताव पारित गर्ने

नेपाल लाइफ इन्स्योरेन्सको साधारण सभा आह्वान, १४ प्रतिशत बोनस लाभांश प्रस्ताव पारित गर्ने


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ ।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १४ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो । सोही लाभांश प्रस्ताव पारित गर्न इन्स्योरेन्सले चैत २१ गते २१ औँ वार्षिक साधारण सभा डाकेको हो । साधारण सभा होटल भिस्वा, वीरगंजमा बिहान ९ बजे शुरु हुनेछ ।

सभाले हाल कायम पूँजी संरचनामा संस्थापक र सर्वसाधारण शेयरको ६० बराबर ४० अनुपातलाई परिवर्तन गरी ५१.४९ प्रतिशत कायम गर्ने, सञ्चालक समितिमा संस्थापक शेयरधनी समूह (क) बाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकहरुको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले चैत ७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । यस अनुसार चैत ६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।