समृद्धि फाइनान्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

समृद्धि फाइनान्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन


बैंकिङ्ग समाचार, काठमाडौं ।
समृद्धि फाइनान्स लिमिटेडले फागुन ८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने आज (फागुन २९ गते) अन्तिम दिन रहेको छ ।

फाइनान्सले सो दिनदेखि हाल कायम २ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको थियो । फाइनान्सले एक सय रुपैयाँ अंकित दरका २७ करोड २९ लाख ७० हजार ५०० रुपैयाँ बराबरको २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद जारी गरेको थियो ।

हकप्रद निष्काशनका लागि फाइनान्सले पुस ११ गते शेयर दाखिला खारेजी (बुकक्लोज) गरेको थियो । यसअनुसार पुस १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम यस फाइनान्सका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् ।

फाइनान्सको हकप्रद शेयरको बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । हकप्रदमा बिओके क्यापिटल तथा समृद्धि फाइनान्सका रजिष्टर्ड तथा शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर सफ्टवेयर मार्फत आवेदन दिन सक्नेछन् ।

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले फाइनान्सलाई 'इक्राएनपी आईआर सिंगल सी' रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व पुरा गर्न ज्यादै उच्च जोखिममा रहेको संकेत गर्दछ ।
 
हाल ५४ करोड ५९ लाख ४० हजार ९०० रुपैयाँ रहेको यस कम्पनीको चुक्ता पूँजी हकप्रद निष्काशनपछि ८१ करोड ८९ लाख ११ हजार ४०० रुपैयाँ पुग्नेछ ।