कामना सेवा विकास बैंकद्वारा नेपालपे क्युआर सुबिधाको सुरुवात

कामना सेवा विकास बैंकद्वारा नेपालपे क्युआर सुबिधाको सुरुवात

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
कामना सेवा विकास बैंकद्वारा National Payment Switch अन्तर्गतको NEPAL PAY QR को लागि आफ्नो व्यावसाय रहेको ग्राहकहरुलाई NEPAL PAY QR सुबिधा प्रदान गर्न सुरु गरेका छन् ।  यस मार्फत कामना सेवा बैंकका आफ्नो व्यावसाय रहेको  ग्राहकहरुलाई QR Payment मार्फत भुक्तानी प्राप्त गर्न सहज हुनेछ ।

NEPAL PAY QR, नेपाल राष्ट्र बैंकले जारी गरेको र NCHL द्वारा संचालित QR को माप्दण्ड कार्यान्वयन गर्ने प्रमुख पुर्वाधार हो जस्ले नेट्वर्क र मर्चेन्ट स्तरमा स्वतन्त्र योजनामा काम गर्न र अन्तरसंचालनमा मद्दत गर्नेछ ।

कामना सेवा विकास बैंक National Payment Switch मा आबद्ध हुने विकास बैंक मध्ये पहिलो विकास बैंक र NEPAL PAY QR लाई समर्थन गर्ने पहिलो विकास बैंक रहेको छ । यससँगै, कामना सेवाका आफ्नो व्यावसाय रहेको ग्राहकहरुले अब NEPAL PAY QR मार्फत सक्षम भएका कुनै पनि उपकरणहरूद्वारा आफ्ना ग्राहकहरूबाट प्राप्त भएको भुक्तानी व्यवस्थापन गर्न मर्चेन्टको रूपमा दर्ता गर्न सक्नेछन्, जुन कामना सेवा विकास बैंक र अन्य बैंक तथा वित्तीय संस्थाहरुको  वालेट वा connect IPS को मोबाइल बैंकिङ मार्फत यो सुबिधा प्रयोग गर्न सक्नेछन् ।