महालक्ष्मी विकास बैंकद्वारा महाकाली क्याम्पसलाई गमला वितरण

महालक्ष्मी विकास बैंकद्वारा महाकाली क्याम्पसलाई गमला वितरण

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
महालक्ष्मी विकास बैंक लिमिटेडले “एक शाखा, एक सामाजिक उत्तरदायित्व” को नारालाइ आत्मसाथ गर्दै विभिन्न सामाजिक तथा आर्थिक रुपान्तरणका कार्यहरु संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमका माध्यमबाट संचालन गर्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिदै यस महालक्ष्मी विकास बैंकको बेलौरी शाखाले महाकाली बहुमुखी क्याम्पस, बेलौरीलाइ १७० थान गमला सहयोग गरेको छ ।

क्याम्पस प्राङ्गरणमा आयोजित एक विशेष कार्यक्रमका बिच क्याम्पसलाई गमला प्रदान गरेको बैंकको शाखा कार्यालय बेलौरीका शाखा प्रबन्धक राम बहादुर विकले जानकारी दिए । क्याम्पसको शैक्षिक गुणस्तरमा टेवा पुर्‍याउने र स्वच्छ, मनोरम वातावरणमा शैक्षिक गतिविधि सञ्चालन गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले क्याम्पसलाई गमला वितरण गरिएको शाखा प्रबन्धक विकले बताए । 

उक्त गमला हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै क्याम्पस सञ्चालक समिति अध्यक्ष हरेन्द्र सिंह विष्टले क्याम्पसको पर्यावरणीय सौन्दर्यता थप्नका निमित्त फुलका गमला दिइ सहयोग गरेकोमा महालक्ष्मी विकास बैङ्कले गरेको कार्यको प्रसंशा गरे । आगामी दिनहरुमा पनी संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरुलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने कुरा बैंकले जनाएको छ ।