रेमिट्यान्स आप्रवाह घट्यो, ७ महिनामा झण्डै साढे ५ खर्ब भित्रियो

रेमिट्यान्स आप्रवाह घट्यो, ७ महिनामा झण्डै साढे ५ खर्ब भित्रियो

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
चालु आर्थिक वर्षको पहिलो ७ महिना अर्थात माघसम्ममा झण्डै साढे ५ खर्ब रुपैयाँको रेमिट्यान्स नेपाल भित्रिएको छ ।

केन्द्रिय बैंकले प्रकाशित गरेको माघसम्मको मासिक विवरण अनुसार सात महिनामा ५ खर्ब ४० अर्ब १२ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह ४.९ प्रतिशतले कमी आएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार अघल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १०.९ प्रतिशतले बढेको थियो ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत माघ महिनामा मात्रै ७२ अर्ब रुपैयाँको नेपाल भित्रिएको हो । माघसम्मको तथ्यांक अनुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.८ प्रतिशतले कमी आई ४ अर्ब ५३ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६.८ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई २ लाख १०२ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८५.४ प्रतिशतले घटेको थियो ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २६५.९ प्रतिशतले वृद्धि भई १ लाख ५२ हजार ३२५ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७३.१ प्रतिशतले घटेको थियो ।

बैदेशिक रोजगारीमा जानेको संख्या लगातार बढ्दै गएको भए पनि रेमिट्यान्स भने खासै धेरै बढ्न सकेको छैन । बिदेशबाट हुन्डीमार्फत पैसा पठाउने बढेको कारण रेमिट्यान्स बढ्न नसकेको आँकलन राष्ट्र बैंकको छ। जसले गर्दा केन्द्रिय बैंकले केहि दिन अघिमात्रै आन्तरिक रेमिट्यान्सको सिमा घटाएर २५ हजार रुपैयाँमा झारेको थियो ।

यसैगरी समीक्षा अवधिमा खुद ट्रान्सफर ४.२ प्रतिशतले कमी आई ६०३ अर्ब ७३ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ८.९ प्रतिशतले बढेको थियो ।