सिटिजन्स बैंक र बर्दिया गैँडा क्याम्प होटलबीच छुट सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर

सिटिजन्स बैंक र बर्दिया गैँडा क्याम्प होटलबीच छुट सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
सिटिजन्स बैंक र बर्दिया गैँडा क्याम्प होटलबीच सिटिजन्स बैंकको कार्डबाहकहरूलाई १०% छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले बर्दिया गैँडा क्याम्प होटलको सबै सेवा सुविधामा १०% छुट पाउनेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकहरुलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको छ । मोबाइल बैकिङ्ग मार्फत खानेपानी, विजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी, कार्डलेस विथड्रल यो सुविधा मार्फत सिटिजन्स बैकका मोबाइल बैंकिङ्ग सुविधा लिएका ग्राहकहरुले बिना कार्ड एटिएमबाट पैसा निकाल्न सक्नेछन् र मुद्दती खाताको आवेदन समेत दिन सक्ने लगायतका व्यवस्था गरेको छ ।

डिजिटल बैंकिङ्गलाई प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना आदरणीय ग्राहकहरुको वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ KIOSK सेवाको सुरुवात गरेको छ ।

सिटिजन्स बैंकले १३ लाख भन्दा बढि ग्राहकका साथमा देशैभर १७४ वटा शाखा, १२३ वटा ए.टि.एम. र ९० वटा शाखा रहित बैंकिङ्ग ईकाईहरु संचालन गरिरहेकाे छ ।