हिमालयन बैंकको मोबाईल बैकिङ्गमा अब नेपालपे क्युआर उपलब्ध

हिमालयन बैंकको मोबाईल बैकिङ्गमा अब नेपालपे क्युआर उपलब्ध

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
हिमालयन बैंक लिमिटेडले आफ्नो मोबाईल बैकिङ्ग (HI-MB) मा एकिकृत NEPALPAY QR को सफल रुपमा अन्तर आवद्धता कायम गरेको छ । अब बैंकका ग्राहकहरुले HI-MB को प्रयोग गरेर बिभिन्न मर्चेन्ट तथा पेमेन्ट गेटवेहरुमा रहेको NEPALPAY QR स्क्यान गरेर QR मार्फत सजिलै भुक्तानी गर्न सक्नेछन् । साथै बैंकले राष्ट्र बैंकले जारी गरेको नेपालपे QR मा आधारित भएर आफ्नो मर्चेन्ट म्यानेजमेन्ट सिस्टमको प्रयोग गरेर नेपालपे, भिसा, युनियन पे र अलिपे लगायतका लागि अन्तरसंचालनशिलता तथा अन्तरआबद्धता कायम हुने गरी A ggregated QR पनि स्विकार गर्ने कार्यको थालनी गरेको छ ।  

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको नेपाल–क्युआर स्ट्याण्डर्डको मूल पूर्वाधारको रुपमा नेपालपे QR  स्थापना र NCHL द्वारा सञ्चालित हो, जस अन्तर्गत सदस्य बैंक वित्तीय संस्थाहरु, भुक्तानी सेवा प्रदायकहरु र अन्य भुक्तानी प्रणाली सञ्चालकहरुले छुट्टै योजनाकोे रुपमा र मर्चेन्ट वा अन्य  QR स्कीम सँग अन्तरआबद्धता कायम गरी प्रयोग गर्न सकिने व्यवस्था रहेको छ । वाणिज्य बैंक मध्ये नेशनल पेमेन्ट स्वीचमा जोडी NEPALPAY QR लाई Aggregated QR को रुपमा लागु गर्ने हिमालयन बैंक पहिलो बैंक रहेको छ । बैंकका ब्यापारिक ग्राहकहरु मर्चेन्टको रुपमा आबद्ध भएर आफ्ना ग्राहकहरु बाट HI-MB अथवा NEPALPAY QR मा आबद्ध अन्य उपकरणहरु मार्फत् सिधै आफ्नो खातामा भुक्तानी प्राप्त गर्न सक्दछन् ।

यसरी हिमालयन बैंकको मोबाईल बैङ्गिकमा QR जोड्दा र Aggregated QR मा मर्चेन्ट Acquire गर्दा रिटेल स्तरमा हुने विद्युतीय भुक्तानीमा थप बृद्धी हुने आशा गरिएको छ, जुन यस बैंकको प्राथमिकता पनि रहेको छ । हिमालयन बैंकले Visa, Mastercard, Amex, UnionPay, SCT का कार्डहरु जारी गर्नुका साथै Visa, MasterCard, American Express, UnionPay, JCB, SCT कार्डका कारोबारहरु स्विकार पनि गर्दै आएको छ । यस बैंकको नेपालभरी १५२ वटा ATM र ५००० भन्दा बढी POS हरु उपलब्ध रहेका छन् ।