बैंकिङ्ग समाचार, काठमाडौं ।
सानिमा बैंक र स्प्यारो पे प्रालि (खल्ती) बीच ग्राहकलाई थप सुविधा प्रदान गर्ने सम्झौता भएको छ । बैंक र खल्तीबीच भएको सम्झौतामा ग्राहकहरुले बैंकको मोबाइल बैंकिङ्ग एप सानिमा सजिलो ई-बैंकिङ्गबाट खल्ती डिजिटल वालेटमा सजिलै फन्ड लोड गर्ने र सानिमा सजिलो ई–बैंकिङ्ग मार्फत चेक आउट गर्न सक्नेछन् ।
बैंक कार्यालयमा आयोजित एक कार्यक्रमका बीच स्प्यारो पे प्रा.लि. (खल्ती) का तर्फबाट प्रमुख कार्यकारी अधिकृत विनय खड्का र बैंकका तर्फबाट डिजिटल बैंकिङ्ग बिभागका प्रमुख बिक्रम श्रेष्ठले सहमतिपत्रमा हस्ताक्षर गरे । सानिमा बैंकको देशभर १२४ कार्यालय र ११० एटिएम संचालनमा रहेका छन् ।
प्रतिक्रिया