महालक्ष्मी विकास बैंकद्वारा विद्यालयलाई साइन्स ल्यावका लागि आवश्यक सामाग्रीहरु प्रदान

महालक्ष्मी विकास बैंकद्वारा विद्यालयलाई साइन्स ल्यावका लागि आवश्यक सामाग्रीहरु प्रदान

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
महालक्ष्मी विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संघ संस्थाहरुलाई सहयोग गर्दै आएको छ । सोही कार्यलाई निरन्तरता दिदै यस बैंकको पोखरा, चिप्लेढुङ्गा शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा महानगरपालिका वडा नं. १९ हेम्जा अवस्थित अम्विका माध्यमिक विद्यालयलाई साइन्स ल्यावका लागि आवश्यक सामाग्रीहरु प्रदान गरेको छ । 

यस सहयोगबाट विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको प्रयोगात्मक पढाइलाई थप प्रभावकारी बनाउने विश्वासका साथ उक्त प्रयोगशालाका सामाग्रीहरु प्रदान गरिएको कुरा पोखरा, चिप्लेढुङ्गा शाखाका शाखा प्रवन्धक किरण घिमिरेले जानकारी गराए । 

एक विशेष कार्यक्रमका बिच उक्त विज्ञान प्रयोगशालाका सामाग्रीहरु विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष सुवास भण्डारीलाई हस्तान्तरण गरेको हो । महालक्ष्मी विकास बैंकले यस्ता सामाजिक उत्तरदायीत्वका कार्यक्रमहरु नेपाल भर छरिएर रहेका १०३ शाखाहरु मार्फत गर्दै आइरहेको र आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिइरहने कुरा जनाएको  छ ।

साथै, बैंकले आफ्ना ग्राहक महानुभावहरुलाई अधिकतम लाभ दिने उद्देश्यले महालक्ष्मी वचत वृद्धी खाता संचालनमा ल्याएको छ । वार्षिक व्याजदर ८.५५ प्रतिशत रहेको यस खाता न्युनतम मौज्दात ५१ रुपैयाँमा नै खोल्न सकिने छ । यसमा रु ५ लाख सम्मको दुर्घटना विमा, निशुल्क मोवाइल वैकिङ्ग , निशुल्क एटिएम कार्ड, निशुल्क डिम्याट खाता खोल्न सकिने कुरा बैंकले जनाएको छ ।