अपि पावलाई १ करोड कित्ता हकप्रद निष्काशन गर्न बोर्डको अनुमति

अपि पावलाई १ करोड कित्ता हकप्रद निष्काशन गर्न बोर्डको अनुमति

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
अपि पावर कम्पनी लिमिटेडले हकप्रद निष्काशन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएको छ ।

नेपाल धितोपत्र बोर्डले अपि पावर कम्पनी लिमिटेडलाई १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद शेयर विक्री गर्न अनुमति दिएको छ । कम्पनीले १० बराबर ३.९३६२९२६ अनुपातमा हकप्रद निष्काशन गर्न फागुन २६ गते बोर्डबाट अनुमति पाएको हो । यस अनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।

हाल कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ७५ करोड ८९ लाख १५ हजार रहेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।