बैंकिङ्ग समाचार, काठमाडौं ।
एनआईसी एशिया बैंक लिमिटेडले लाभांश प्रस्ताव बिना नै साधारण सभा डाकेको छ । बैंकले चैत २० गते चौबीसौँ वार्षिक साधारण सभा डाकेको हो । सो सभा आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा बिहान ९ बजे शुरु हुनेछ ।
सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, स्वतन्त्र सञ्चालक नियुक्ति अनुमोदन गर्ने, संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारणको तर्फबाट ३ जना सञ्चालक नियुक्त गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।
साधारण सभा प्रयोजनार्थ बैंकले चैत ८ गतेदेखि २० गतेसम्म बुकक्लोज गर्ने भएको छ । यस अनुसार चैत ७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।
बैंकले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो । तर, नेपाल राष्ट्र बैंकले क्यापिटल कन्जरभेसन बफर पर्याप्त नदेखिएको जनाउँदै बैंकको लाभांश घोषणा तथा वितरण सम्बन्धि प्रस्ताव स्वीकृत नगरेपछि सो लाभांश रद्द भएको थियो ।
प्रतिक्रिया