सिद्धार्थ बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई सहयोग

सिद्धार्थ बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई सहयोग

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
सिद्धार्थ बैंकलेबिहीबार बाँसबारी, काठमाण्डौस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई सामाजिक उत्तरदायित्व अन्तर्गत पन्ध्र लाख रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

सो रकम बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कंडेलले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्र मणि अधिकारीलाई हस्तान्तरण गरेका हुन् ।

बैंकबाट प्राप्त उक्त रकम शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले सर्जिकल वार्ड विस्तार गरी बेडहरु थप गर्नको लागि उपयोग गर्नेछ । उक्त सहयोगबाट अस्पतालका मुटुरोगी बिरामीहरुलाई केही हदसम्म भए पनि सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकले शिक्षा, स्वास्थ्य, वातावरण, पर्यटन, सांस्कृतिक सम्पदा, पुर्वधार र सुरक्षा जस्ता क्षेत्र अन्तर्गत विभिन्न सामाजिक उत्तरदायित्व निर्वाह सम्बन्धि कार्यहरूमा सहभागिता जनाउदै आएको र आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिदै जाने उद्देश्य बैंकको रहेको छ ।