प्राइम बैंकलाई २ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र बिक्री गर्न बोर्डको अनुमति

प्राइम बैंकलाई २ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र बिक्री गर्न बोर्डको अनुमति

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल धितोपत्र बोर्ड (सेवोन) ले प्राइम कमर्सियल बैंकदाई ऋणपत्र निष्काशन तथा बिक्री गर्न अनुमति दिएको छ । धितोपत्र बोर्डले फागुन २३ गते बैंकलाई ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्न अनुमति दिएको हो ।

धितोपत्र बोर्डको अनुमति पाएपश्चात बैंकले २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख इकाई ऋणपत्र जारी गर्नेछ । जसमध्ये १० लाख कित्ता ऋणपत्र सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकी १५ लाख कित्ता बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।

बैंकले जारी गर्ने उक्त ऋणपत्रको १० वर्ष अवधि रहेको छ । बैंकले वार्षिक १० प्रतिशत ब्याजदर दिने छ । बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिंङ लिमिटेड रहेको छ ।