धेरैपछि नेप्सेमा छायो हरियाली, आज ५०.२१ अंकले बढ्यो

धेरैपछि नेप्सेमा छायो हरियाली, आज ५०.२१ अंकले बढ्यो

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको अन्तिम दिन विहीबार दोहोरो अंकको वृद्धि देखिएको छ । आज नेप्से ५२.२१ अंकले बढेर २ हजार ५ सय ६६ दशमलब ७९ विन्दुमा रोकिएको हो । त्यस्तै, आज २ अर्ब ७९ करोड १८ लाख रुपैयाँको कारोबार भएको छ । बुधबार २ अर्ब ३५ करोड २३ लाख बराबरको कारोबार भएको थियो ।  

नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमा १८६ वटा कम्पनी बढेका छन् भने ५ वटा कम्पनी घटेका छन् । यसमध्ये आधा दर्जनभन्दा बढी कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीमा इमर्जिङ नेपालको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बढेको  छ । यस कम्पनीको शेयरमूल्य आज ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ३४१.५० रुपैयाँ पुगेको छ ।

त्यस्तै, आज शेयर धेरै शेयरमुल्य घटेको कम्पनीमा माउन्टेन इनर्जी रहेको छ । माउन्टेन इनर्जीको शेयरमुल्य ५.२९ प्रतिशतले घटेको छ । आज सबैभन्दा धेरै अपि पावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको १६ करोड ६५ लाख रुपैयाँको शयर कारोबार भएको छ ।