राष्ट्र उत्थान लघुवित्तको शेयर नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेन्ज कति?

राष्ट्र उत्थान लघुवित्तको शेयर नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेन्ज कति?

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको शेयर नेप्सेमा सूचीकृत भएको छ । बिहीबार लघुवित्तको कुल २६ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

लघुवित्तले सर्वसाधारणलाई निष्काशन गरिएको आइपिओ तथा कर्मचारीलाई बितरित शेयर र सामुहिक लगानी कोष समेत गरी ८ लाख ५० हजार कित्ता र संस्थापकहरुले लगानी गरेको १७ लाख ५० हजार कित्ता गरी कुल २६ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेले लघुवित्तको शेयरलाई पहिलो कारोबारको लागि १६७ रुपैयाँ ४३ पैसा देखि ५०२ रुपैयाँ २९ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । त्यसअनुसार आइतबार लघुवित्तको शेयर कारोबार खुल्नेछ ।

यस्तै लघुवित्तको शेयरलाई नेप्सेले आरयुएलबी (RULB) कारोबार संकेत प्रदान गरेको छ ।