जनरल इन्स्योरेन्स कम्पनीको अर्धवार्षिक मार्केटिङ सम्मेलन सम्पन्न

जनरल इन्स्योरेन्स कम्पनीको अर्धवार्षिक मार्केटिङ सम्मेलन सम्पन्न

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
जनरल इन्स्योरेन्स कम्पनीले अर्धवार्षिक मार्केटिङ कन्फ्रेन्स २०७८ सम्पन्न गरेको छ । कार्यक्रममा देशैभरका बजार विभागका कर्मचारी, उच्च व्यवस्थापक तथा सञ्चालक सदस्यहरुको उपस्थिति थियो ।

कार्यक्रममा शाखा कार्यालयहरुको बिगत वर्षहरुको समीक्षा, कार्यप्रगति, समस्या र त्यसका समाधान र आगामी वर्षका रणनितिक योजनाहरुका विषयमा छलफल भएको छ । उक्त कार्यक्रमको सम्पूर्ण व्यवस्थापन कम्पनीका सहायक महाप्रबन्धक मुनिन्द्र ठाकुरले गरेका थिए ।

प्रमुख कार्यकारी अधिकृत रामचन्द्र श्रेष्ठले अध्यक्षता ग्रहण गरेका थिए भने सञ्चालकद्वय ज्ञानेश्वर आचार्य र अमृत बन्जाडेको प्रमुख आतिथ्यतामा तीन दिनसम्म सभा सञ्चालन गरिएको थियो । कार्यक्रममा उत्कृष्ट शाखा र उत्कृष्ट बजार कर्मचारीलाई सम्मानसहित ताम्रपत्र प्रदान गरिएको थियो । सञ्चालक आचार्यले कार्यक्रम राम्रो भएको उल्लेख गर्दै शाखा कार्यलयहरुको समिक्षा सकेसम्म त्रैमासिक अवधिमा सम्पन्न गर्न सुझाव दिएका थिए ।

प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले पुरस्कृत शाखा तथा कर्मचारी हरुलाई बधाई दिँदै सम्पूर्ण शाखाका कर्मचारीलाई उच्च मनोबल राखी, हल्लाको पछि नलागी, अनुसाशित रुपले उत्कृष्ट कार्यसम्पादन गर्न निर्देशन पनि दिए ।